तेर्हथुम पावर कम्पनीको प्रवर्दनमा बन्न लागेको ७.५ मेगावाट क्षमताको अप्पर खोरुङगा जलविद्युत् आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा ३ वाणिज्य बैंकहरूले १ अर्ब रुपैयाँ कर्जा लगानी भएका छन्।
यस सह–वित्तीयकरण सम्बन्धि सम्झौतामा प्रवद्र्धक कम्पनी र बैंकहरूबीच सोमबार सम्झौता भएको हो। आयोजनामा माछापुच्छ्रे सहित नेपाल बंगलादेश बैंक र जनता बैंकले लगानी गर्ने छन्।
आयोजनाको लगानी संरचनाअनुसार कुल लागत १ अर्ब ३७ करोड ५७ लाखरुपैयाँमध्ये ७३ प्रतिशत बैंक तथा वित्तीय संस्थाको र २७ प्रतिशत प्रवद्र्धकको लगानी रहने जनाइएको छ।
बैंकहरूद्वारा कर्जा लगानी गर्ने निश्चित भएपछि आयोजनाको निर्माण कार्य अघि बढ्ने निश्चित भएको प्रवद्र्धकले जनाएको छ । सम्झौतामा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत निरजकुमार श्रेष्ठ र प्रवद्र्धक तेर्हथुम पावर कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगीबीच सम्झौता आदान प्रदान भएको छ ।