सुनको भाउ घट्ने क्रम अझै रोकिएन, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 08, 2020 | 10:47:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सुन चाँदीको भाउ घट्ने क्रम अझै रोकिएन । मंगलबार पनि सुन चाँदीको भाउ घटेको छ । सोमबार ९६ हजार १ सयमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर ९५ हजार ८ सयमा झरेको छ । तेजावी सुन पनि आज तोलामा ३ सयले नै घटेर प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको भाउ पनि आज तोलामा १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा झरेको छ । ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार १३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार ७०५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय २३ रुपैयाँ कायम गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved