22 Oct, 2018 | ५ कार्तिक २०७५ | सोमवार




Bizpati Reporter

Follow us on

भारतीय मन्त्रीले सार्वजनिक ठाउँमा बडिगार्ड राखेर पिशाव गरेको भिडियो भाइरल (भिडियो सहित)

Posted on:November 22, 2017

citizen bank

भारतीय सत्तारुढ पार्टीका एक मन्त्रीको 'हर्कत' सामाजिक संजालमा भाईरल बनेको छ। मन्त्री राम शिन्दीले खुल्ला ठाँउमा पिसाब गरेपछि उनी विश्वव्यापी रूपमा आलोचित भएका छन्। 

शिन्दीले खुल्ला ठाँउमा शौच गरेको भिडियो विश्व ट्वाइलेट दिवसको दिन सामाजिक सञ्जालमा हजारौंले शेयर गरेपछि विश्वभर नै उक्त विषयले चर्चा पाएको हो।

मन्त्रीको यस गतिविधि पश्चात नरेन्द्र मोदी सरकारको घर घरमा शौचालय अभियान असफल भएको दाबी प्रतिपक्षले 'कटाक्ष' गरेका छन। उनी भारतका प्रान्तीय मन्त्री हुन्। 

गत साता भ्रमणका क्रममा आफू धेरै अप्ठ्यारो परिस्थितिमा परेकाले सार्वजनिक स्थानमा नै शौच गरेकोलाई मन्त्री स्वंयम् पनि स्वीकार गरेका छन्।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले घर घरमा शौचालय कार्यक्रम अगाडी बढाइरहे कै समयमा उनकै सरकारका मन्त्रीले गरेको यस्तो हर्कतले विश्वलाई नै अचम्मित पारेको छ।  

मोदी सरकारले भारतमा घर घरमा  शौचालय बनाउनका लागि विशेष प्रकारको बजेट विनियोजन गर्दै आइरहेको छ। उनको  आलोचना सामाजिक सञ्जाल ट्वीटरमा धेरै भएको छ।

Share your thoughts!

Loading...

Trending