भारतले ल्यायो खर्वौको कोरोना राहत प्याकेज, नागरिकलाई नगददेखि सित्तैमा ग्यास, चामल र पिठो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 26, 2020 | 04:40:32 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतले कोरोना भाइरसबाट प्रभावितहरुको लागि राहत प्याकेजको घोषणा गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले बिहिबार विशेषगरी न्यून आय भएकाहरुको लागि राहात प्याकेज घोषणा गरेकी हुन् ।

उनले घोषणा गरेको प्याकेजमा नागरिकलाई निशुल्क ग्यास सिलिण्डर दिने देखि नगद रकम दिनेसम्मका रहेका छन् । उनले कुल १ लाख ७० हजार करोड भारतीय रुपैयाँ बराबरको प्याकेज घोषणा गरेकी हुन् ।

यस्ता छन् प्यकेजका विशेषता : 

यस प्याकेज अन्तर्गत ८० करोड जनताले सुविधा पाउने बताईएको छ । जस अनुसार प्रधानमन्त्री गरिब कल्याण अन्न योजनामा रहेका ८० करोड लाभग्राहीले ३ महिनासम्म ५ किलो चामल अथवा  पिठो र एक किलो गेडागुडी पाउने छन्  । उनीहरुले यस अगाडी नै ५ किलो चामल अथवा  पिठो पाई सकेका छन् । यसको लागि सरकारले ४५ हजार करोड छुट्याइएको जनाएको छ ।

त्यस्तै कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई ५० लाखको बीमा घोषणा भएको छ, जुन ३ महिनाको लागि हुने छ । अस्पतालका सफाई कर्मचारीदेखि मुख्य चिकित्सकसम्मले यो सुविधा पाउने छन् ।

त्यस्तै किसान सम्मान निधि योजना अन्तर्गत ८ करोड ६९ लाख किसानले २ हजार रुपैयाँ नगद पाउने छन् । त्यस्तै कामदारको ज्याला औसतमा २ हजारले बढाईएको छ ।

३ करोड जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र विधवा महिलाले ३ महिनासम्म १ हजार नगद पाउने छन् ।

जनधन महिला खाता भएका महिलाहरुले ३ महिनासम्मको लागि हरेक महिना ५ सय पाउने छन् ।

गरिबीको रेखा मुनि रहेका परिवारले ३ महिनासम्म निशुल्क ग्यास सिलिन्डर पाउने छन् । यसबाट ८ करोड ३० लाख बढी नागरिकलाई लाभ हुने बताईएको छ ।

यस्तै महिलाहरुले बिना धितो लिदै आएको ऋणको सीमा दोब्बरले बढाएर २० लाख पुर्याईएको छ । यो लाभ दिन दयाल राष्ट्रिय योजना अन्तर्गतका महिलाले पाउने छन् ।

त्यस्तै कर्मचारी भविष्य निधि संगठन (नेपालकोकर्मचारी संचय कोष सरह) अन्तर्गत रोजगारदाता र कर्मचारी तिर्नु पर्ने २४ प्रतिशत रकम ३ महिनाको लागि सरकारले तिरीदिने भएको छ । तर १०० भन्दा कम कर्मचारी भएको र ९० प्रतिशतको तलव १५ हजार भन्दा कम भएको संस्थाको हकमा मात्र यो लागु हुने छ । यसबाट झन्डै ५ करोड कर्मचारीलाई राहत हुने बताईएको छ ।

त्यस्तै कर्मचारीले यो कोषबाट बढी रकम निकाल्न पाउने गरी ऐन नै संशोधन गर्ने सरकारले घोषणा गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved