मैलुङ खोला जलविद्युतले सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्दै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 12, 2017 | 01:03:03 PM मा प्रकाशित

laxmi  sunrise bank

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसधारण लगानीकर्ताका लागि सेयर जारी गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन गरेको हो ।

 कम्पनीले सर्वसाधारणका लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपिओ जारी गर्न  लागेको हो  । कम्पनीले यस अघि नै आयोजना प्रभावितका लागि दश प्रतिशत सेयर वितरण गरिसकको छ  । कम्पनीले गत जेठमा आयोजना प्रभावित रसुवाका स्थानीय बासिन्दाका लागि तीन करोड ६८ लाख १४ हजार चार सय रुपैयाँको ३ लाख ६८ हजार १४३ कित्ता आईपिओ निष्काशन  गरेको हो।

कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

 कम्पनीको रसुवा जिल्लाको डाँडागाउँमा ६ मेगावाट विद्युत उत्पादन क्षमताको  आयोजना रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved