नेप्सेमा गिरावट जारी, सूचक १४२५ को बिन्दुमा, महुलीका लगानीकर्ताले कमाए १० प्रतिशत

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 27, 2017 | 01:37:24 PM मा प्रकाशित

laxmi  sunrise bank

  साताको चौथो दिन आज बुधबार पनि बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ  । आज नेप्से सूचक २१.५३ अंकले घटेर १४२५.५१ को बिन्दुमा आएर रोकिएको छ  । आज कारोबारमा आएका १ सय ५६ कम्पनीका १३ लाख ६८ हजार ४ सय ७५ कित्ता शेयर खरिद बिक्रि बाट ७६ करोड ५७ लाख ६९ हजार ६ सय ६२ रुपियाँको कारोबार भएको छ  ।

आज कारोबारमा आएका अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन्  । 

आज नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक शेयरको सबै भन्दा धेरै १० करोड ९९ लाखको कारोबार भएको छ । त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको पनि १० करोड ७४ लाखको कारोबार भएको छ  । अन्य बढी कारोबार हुनेमा एभरेस्ट बैंक, नेपाल टेलिकम, प्रभु बैंक लगायत रहेका छन्  ।

आज महुली लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ भने सिन्धु विकास बैंकका लगानीकर्ताले सर्बाधिक ५.६ प्रतिशत गुमाएका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved