एभरेस्ट इन्स्योरेन्सले २ पटक हकप्रद दिएर पुर्याउने भयो १ अर्ब पुंजी, साधारणसभा आह्वान

पहिले १०५ प्रतिशत , दोस्रो पटक ३ सय प्रतिशत
शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 22, 2018 | 10:58:09 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेस्ट इन्स्योरेन्सले हकप्रद निष्काशनको बिशेष प्रस्ताव सहित साधारणसभा डाकेको छ। कम्पनीको चैत्र ७ गते बसेको संचालक समितिको बैठकले आगामी बैशाख १० गते साधारणसभा डाकेको हो ।

साधारणसभामा इन्स्योरेन्सको पुंजी वृद्धि प्रस्ताव पेश हुने छ ।

कम्पनीले यस अघि बिमा समितिले तोकेको चुक्ता पुंजी पुर्याउन ६ सय प्रतिशत हकप्रद प्रस्ताव गरेको थियो । तर धितोपत्र बोर्डले कम्पनीलाई संस्थापक शेयरधनी नभएको र संस्थापक शेयरधनी कायम गरेर मात्र हकप्रद निष्काशन गर्न निर्देशन दिएको थियो ।

इन्स्योरेन्सले सोहि अनुसार संस्थापक शेयरधनी कायम गरेर चुक्ता पुंजी १ अर्ब पुर्याउने गरी प्रस्ताव पारित गर्न साधारणसभा डाकेको हो ।

हाल कम्पनीको चुक्ता पुंजी १२ करोड १५ लाख रहेको छ  । कम्पनीले दश प्रतिशत बोनस प्रस्ताव गरेको छ । उक्त बोनसपछि कम्पनीको चुक्ता पुंजी पँजी १३ करोड ३६ लाख पुग्ने छ ।

त्यस पछि कम्पनीले १३ करोड ३६ लाख ५० हजार चुक्ता पूँजीको १:१.०५ अर्थात १ सय पाँच प्रतिशत  हकप्रद जारी गर्ने छ। यो संस्थापक हकप्रद शेयर हुनेछ  । तर हाल कायम रहेका सदस्यहरुलाई नै बिक्रि गरिने हो  ।

१०५ प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ भने कम्पनीमा संस्थापक तथा साधारण सेयरधनीको स्वामित्व ५१ : ४९ प्रतिशत कायम हुनेछ ।

५१:४९ शेयर स्वामित्व कायम भएपछि कम्पनीले पुन ३ सय प्रतिशत हकप्रद जारी गर्ने छ  । ३ सय प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुंजी एक अर्ब ९ करोड ५९ लाख रुपैयाँ कायम हुनेछ ।

उदाहरणको लागि यदि अहिले कुनै लगानीकर्तासंग कम्पनीको १०० कित्ता शेयर छ भने १० प्रतिशत बोनसपछि ११० कित्ता हुनेछ  ।  १०५ प्रतिशत हकप्रदपछि २२५.५ कित्ता सेयर हुनेछ । २२५.५ कित्ता मध्ये ११० कित्ता साधारण शेयर हो जुन बोनस पश्चात कायम भएको थियो । बाँकि ११५.५ कित्ता शेयर भने संस्थापक हकप्रद भरेको हुनाले संस्थापक सेयर हुनेछ ।

२२५.५ कित्ता सेयर भए पछि  कम्पनीले  ३०० प्रतिशत हकप्रद जारि गर्ने छ । त्यस पछि शेयर संख्या  ६७६.५ कित्ता पुग्ने छ । ६७६.५ कित्ता मध्ये ३३० कित्ता साधरण र ३४६.५ कित्ता संस्थापक सेयर हुनेछ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीको चैत २६ गतेदेखि बैशाख १० गतेसम्म शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । चैत्र २५ गतेसम्म कायम शेयरधनीले मात्र बोनस प्राप्त गर्न र साधारणसभामा भाग लिन सक्ने छन्   । हकप्रद निष्काशन मिति भने धितोपत्र बोर्डले स्वीकृति दिएपछि तय हुने छ ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved