सिइडिबि हाइड्रोद्वारा पहिलो पटक लाभांश घोषणा, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2024 | 08:38:04 AM मा प्रकाशित

laxmi  sunrise bank

सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख १० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ र २०७८/७९  को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको ११ प्रतिशत बोनस शेयर र कर पयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश गरि कुल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले पहिलो पटक लाभांश घोषणा गरेको हो ।

कम्पनीले वैशाख ३१ गते सोमबार ललितपुरमा साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि वैशाख १९ देखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।  वैशाख १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  

यस्ता छन् कम्पनीको साधारणसभामा पेश हुने प्रस्तावहरु : 

१.संचालक समितिको आ.व. २०७७/७८ र आ.व. २०७८/ ७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी अनुमोदन गर्ने

३. आ.व. २०७८/७९ को लागि नियुक्त लेखा परिक्षक तथा निजको पारिश्रमिक अनुमोदन गर्ने ।

४. लेखा परिक्षकको प्रतिवेदन सहित आ.व. २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने ।

५. आ.व. २०७९/८० को लागि लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने ।

६. स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने।

७. कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम सर्वसाधारण शेयरधनी तर्फको संचालकहरुको निर्वाचन गर्ने ।

८. कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.५७८९ प्रतिशत नगद लाभांश स्वीकृत गर्ने ।

 विशेष प्रस्तावहरु
१. उपरोक्त दुई आर्थिक वर्षको लागि चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर जारी गर्ने ।

२. कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।

३. नियमक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved