३३.८९ प्रतिशतले बढ्यो सुर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 25, 2024 | 09:03:51 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सुर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा ३३.८९ प्रतिशतले बढेर २९ करोड ५४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा कम्पनीको खुद नाफा २२ करोड ६ लाख रहेको थियो ।

यस अवधिमा कम्पनीको प्रिमियम संकलन ३८.६८ प्रतिशतले बढेर ६ अर्ब ३७ करोड पुगेको छ । यस अवधिमा कम्पनीले लगानी, ऋण र अन्य वित्तीय क्रियाकलापबाट २ अर्ब २८ करोड आम्दानी गरेको छ । यस अवधिमा कम्पनीको प्रदान गरेको दाबी भुक्तानी ५१.६७ प्रतिशतले बढेर ७ अर्ब १५ करोड पुगेको छ ।

४ अर्ब ५४ करोड चुक्ता पुंजी रहेको कम्पनीको रिजर्भमा १ अर्ब ६ करोड रहेको छ । कम्पनीको महाविपत्ति कोषमा ३४ करोड १७ लाख रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ८ रुपैयाँ ६७ पैसा, प्रति अशेयर नेटवर्थ १६६ रुपैयाँ ३१ पैसा र पीई रेसियो ५६.८९ गुणा रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved