विशेष आर्थिक क्षेत्र निर्माणका लागि जग्गा छनोट गर्न जोड

रासस

रासस

Jun 26, 2017 | 07:59:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नुवाकोटमा विशेष आर्थिक क्षेत्र ९सेज० निर्माणका लागि तत्काल स्थान छनोट गर्न जिल्लाका सरोकार भएकाहरुले आग्रह गरेका छन् ।जिल्लामा राजनीतिक दलका नेता र उद्योगी व्यवसायीहरुले विशेष आर्थिक क्षेत्र निर्माणको हल्ला चलेको एक दशक भइसकेको तर काम भने अघि नबढेकामा प्राधिकरणप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजन श्रेष्ठ नुवाकोट त्रिदेशीय पारवहन विन्दुका रुपमा रहेकाले पनि सेजले सफलता पाउने र नुवाकोटले आर्थिक विकासमा फड्को मार्ने बताउछन्। नुवाकोट उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष धननारायण चित्रकारले अब तत्काल जग्गा प्राप्तिको प्रक्रियामा लाग्न आग्रह गरे।

‘कुन ठाउँ उपयुक्त हुन्छ, जग्गा प्राप्तितर्फ लाग्नुपर्छ । बनाउने नै हो भने तत्काल काम थाल्नुपर्छ’ उनले भने।आर्थिक क्षेत्र निर्माणको उचित समय आएको बताउँदै राजनीतिक दल तथा उद्योगीले जतिसक्दो चाँडो निर्माण प्रक्रिया अघि बढाउन पं्राधिकरणसँग आग्रह गरेका छन् ।विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाका केही समथर भागमा गरिएको अध्ययनका आधारमा प्राधिकरणले विशेष आर्थिक क्षेत्रका बारेमा जानकारी गराएको छ ।

बट्टार, पिपलटार, तल्लो पिपलटार, महादेवफाँट, रातमाटे, कासीटार, राइसिं, चण्डीपोखरी, फिर्केपलगायत स्थान विशेष आर्थिक क्षेत्र निर्माणका लागि प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले बताए।उद्योगी तथा राजनीतिक दलका नेताले नुवाकोटको भूगोलअनुसार स्थान छनोट गरी सम्भाव्यता अध्ययनको कामलाई अझै विस्तृत बनाउनुपर्ने बताएका छन् ।

नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सभापति धु्रव अधिकारीले उद्योग करकारखाना स्थापनाका लागि राजनीतिक वातावरण राम्रो हुनुपर्ने बताए।

नेकपा९एमाले० नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडाले आर्थिक क्षेत्र निर्माणका लागि सही समय आएको बताउँदै यसका लागि सबै मिलेर सुरु गर्नुपर्नेमा उनले जोड दिए। रासस

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved