होटल संघले भन्यो, ‘व्यापार टाट पल्टियो, विशेष व्यवस्था चाहियो’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2020 | 06:35:05 PM मा प्रकाशित

laxmi  sunrise bank

होटल संघ नेपाल (हान)ले व्यापार टाट पल्टने अवस्थामा पुगेको गुनासो गरेको छ । संघले कोरोना भाइरसका कारण व्यवसाय शून्यमा झरेको भन्दै तत्काल विशेष नीति ल्याउन माग गरेको छ । संघले सन् २०२० भरीमा १० प्रतिशत मात्रै व्यापार हुने अनुमान गरिएकाले मजदूरको तलब, बैंकको ऋण, ब्याज, विद्युत महसुल, कर, घर भाडालगायतमा सहुलियत दिनेगरी नीति ल्याउन माग गरेको हो ।

स्पेन,अष्ट्रेलिया र यूरोपका केही देशले सन् २०२० भरीका लागि आफ्ना नागरिकलाई ट्राभल एजभाइजरी जारी गरेको भन्दै हानले होटलको आम्दानी ९० प्रतिशत कम हुने भएकाले ऋण, ब्याज, करलगायतमा छुटको व्यवस्था गर्न माग गर्दै विज्ञप्ति निकालेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved