फेरी अर्को मौसमी प्रणाली नेपाल भित्रदै, शुक्रबारसम्मै बर्षा र हिमपात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 06, 2020 | 10:11:37 AM मा प्रकाशित

laxmi  sunrise bank

बर्षा र हिमपातपछि आइतबारबाट मौसम खुल्दै गएपनि सोमबार दिउँसो बाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणाली नेपाल प्रवेश गर्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले यस प्रणालीका कारण सोमबार बेलुका र मंगलबार देशका धेरै स्थानहरुमा आंशिक देखि सामान्य बदलि हुने जनाएको छ । त्यस्तै विभागका अनुसार पश्चिमी उच्च हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात तथा पश्चिमी पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना छ। 

यस प्रणालीका कारण बुधबार पनि देशका धेरै स्थानहरुमा बदलि रही उच्च हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात तथा पहाडी र तराईका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार यो प्रणाली शुक्रबार सम्मनै रहनेछ। बिहिबार र शुक्रबार देशभर सामान्य बदलि रही उच्च हिमाली भूभागमा हिमपात हुनसक्ने तथा केहि स्थानहरुमा वर्षा हुन सक्ने भएकोले सतर्क रहन विभागले अनुरोध गरेको छ ।

विभागले शनिबार बाट मौसममा सुधार आउने जनाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved