लगानी सम्मेलनमा ५२ देशका ६३४ लगानीकर्ता सहभागी हुने, नेपाल कै ३८५ जना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2024 | 10:04:46 AM मा प्रकाशित

laxmi  sunrise bank

तेस्रो लगानी सम्मेलनमा ५२ देशका ६३४ जना सहभागी हुने भएका छन् ।  लगानीकर्ता, व्यवसायी तथा सरोकारवाला गरेर यो संख्या तय भएको लगानी बोर्डले जनाएको छ ।

 बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार लगानी सम्मलेनमा सहभागी हुनेमा सबैभन्दा धेरै स्वदेशी व्यवसायी अर्थात् नेपाल कै ३ सय ८५ जना छन्  । त्यसपछि चीनबाट २ सय ६५ र भारतबाट १ सय ४३ जना लगानीकर्ता तथा प्रतिनिधि आउने छन् । अमेरिकाबाट ३३, जापानबाट २८, बेलायतबाट १४, बंगलादेश १३, संयुक्त अरब इरिमेट्सबाट १३ , जर्मनीबाट १० जना आउने प्रवक्ता उपाध्यायले बताए ।

बोर्डका अनुसार कोरिया, अस्ट्रेलिया र मलेसियाबाट ९/९ जना सहभागी हुनेछन् भने पाकिस्तानबाट ८ र सिंगापुरबाट ६ जना सहभागी हुने छन् । त्यस्तै कतार र घानाबाट ५/५ जना , साउदी अरेबिया, फ्रान्स, बहराइनबाट ४/४ जना , तथा स्विट्जरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलंका, कोलम्बियाबाट ३/३ जना सहभागी हुनेछन् । फिलिपिन्स, कुवेत, क्यानडा, मोरिसस, बेल्जियम र बेलारुसबाट २/२ जना सहभागी हुने छन्।

इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड्स, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, अफ्रिका, रोमानिया, मेक्सिको, साइप्रस, आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरोक्को, टर्की, हङकङ, भानुआटु, इरिट्रिया, मौरिटानियाबाट एक/एक जना मात्र सहभागी हुने छन् ।

लगानी सम्मेलन यही वैशाख १६ र १७ मा हुँदैछ । मंगलवार बसेको लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ ।  जस अनुसार  सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८ वटा परियोजना सोकेसमा राखिनेछन् ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved