जावलाखेलमा जुत्ता चप्पल मेला सुरु, ५० प्रतिशतसम्मको छुटमा ६ हजार भेराइटी उपलब्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2024 | 12:50:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली उद्योगीहरुको पहलमा ललितपुरको जाउलाखेल खेल मैदानमा तेस्रो जाउलाखेल जुत्ताचप्पल ब्यापर मेला २०८१ सुरु भएको छ। २०८१ वैशाख १० गतेदेखि सुरु भएको मेला २०८१ जेठ १२ गतेसम्म चल्ने छ ।

मेला संयोजक दिवाकर गिरीका अनुसार मेलामा बिहे तथा गर्मी मौसमलाई लक्षित गरेर महिला, बालबालिका, पुरुष, जेष्ठ नागरिक सबै उमेर समुहलाई हुने जुत्ता चप्पल राखिएको छ । उनका अनुसार मेलामा १४ कम्पनीका ३० ब्राण्डका ६००० भन्दा धेरै भेराइटिका जुत्ता चप्पल एकै छानामुनि रहेका छन् । मेलामा उपलब्ध जुत्ता चप्पलमा १५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट दिइने र ति सामान कारखानाकै मुल्यमा उपभोक्ता सम्म पुऱ्याउने संयोजक गिरीले बताए ।

उनका अनुसार मेलाले होल्सेल खुद्रा व्यापारीहरुलाई नेपाली उत्पादन बिक्री गर्न प्रोत्साहान गर्ने छ।यो मेलाले आम नेपाली जुत्ता उपभोग गर्ने उपभोक्ताहरुलाई नयाँ नयाँ डिजाईन / नयाँ नयाँ उत्पादन प्रदर्शन गर्ने र उद्योगी र उपभोक्ताहरुलाइ जोड्ने पुलको रुपमा काम गर्ने गिरीको भनाई छ।  मेलामा एक महिनमा करीब पाँच करोड रुपैया बाराबरको ३० देखि ३५ हजार जोडि जुत्ताचप्पल करोबार गरिने अपेक्षा गरिएको उनले बताए।

नेपालको औद्योगिक उत्पादनमा फुटवयर क्षेत्रको योगदान उल्लेखनिय रहेको र त्यसमा पनि नेपाली फुटवयर जन्य सामान नेपाली उपभोक्ताहरुको मागको करिब ६५% योगदान नेपाली उत्पादनबाट भइरहेको गिरीको भनाई छ । तर उत्पादन क्षमता वार्षिक सोह्र करोड जोर रहेको नेपाली बजारको माग दश करोड जोर रहेको तर बिक्री जम्मा छ करोड जोर रहेको गिरी बताउछन् । नेपाली उत्पादनलाई बजारीकरण गर्नको लागि पनि मेला महत्वपूर्ण हुने उनको भनाई छ । 

मेलामा सहभागी कम्पनी र ब्राण्ड :




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved