सरकारले आगामी आर्थिक वर्षमा अनुसन्धान र खोजलाई शिक्षालाई प्राथमिकता दिने बताएको छ । आगामी आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षण संस्थालाई अबस्था हेरेर एकआपसमा समायोजन गरिने पनि बताएकी हुन् ।
प्रत्येक स्थानीय तहमा प्राविधिक शिक्षा लागु गर्ने र विद्युतीय शिक्षालाई प्राथमिकता दिईने पनि उनले बताएकी छिन् । ‘चिनौ आफ्नै माटो, बनाऔं आफ्नै देश’ अभियान सञ्चालन गरी स्नातकोत्तर गरेका युवालाई मुलुकभर परिचालन गरिने राष्ट्रपति भण्डारीले जानकारी दिईन् ।