जनता समाजवादी पार्टीका नेता तथा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नीति कार्यक्रमले संघीयताको धज्जी उडाएको बताएका छन् । उनले प्रदेश र स्थानीय तहका कार्यक्रमसमेत संघबाट वाचन गरेर संघीयताको धज्जी उडाइएको बताएका हुन्।
भट्टराईले सबै काम आफै गर्छु भन्ने भाव त्याग्न आग्रह गरेका छन् । उनले भनेका छन् 'अहिलेसम्मकै सम्भवत:सबभन्दा लामो सरकारी नीति/कार्यक्रममा निकै आत्मप्रशंसा,केही सपना र अतिधेरै इच्छा-सूची रापद्वारा वाचन गराइयो! प्रदेश/स्थानीय तहका कार्यक्रमसमेत संघबाट वाचन गरेर संघीयताको धज्जी उडाइयो।कसैले भनै झैं सबैथोक गर्छु भन्नु केही पनि नगर्नु हो!हामी कहिलेसम्म मूर्ख बन्ने?'