प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार कोरोना केन्द्रित मुख्य ६ कुरामा ढुक्क बनाएर `हाम्रो सरकार´ को अनुभुती गराउन चुकेको बताएको छ।
सरकारको नीति तथा कार्यक्रममा प्रारम्भिक प्रतिक्रिया दिदै कांग्रेस प्रबक्ता विश्वप्रकाश शर्माले सरकार व्यापक परिक्षण , पर्याप्त स्वास्थ सामग्री, पर्याप्त राहत, सिमामा अलपत्रलाई प्रवेश, ब्यवस्थित क्वारेन्टाइन र बिदेशमा अफ्ट्यारोमा रहेकाको उद्दारबारेको योजनामा चुकेको बताएका हुन् ।
उनले `मेरो सरकार´,नेपाल सरकार भएकोमा बधाई दिएका छन् l तर यी ६ कुरामा योजना नल्याएकोले सरकार `हाम्रो सरकार´ अनुभुती गराउन चुकेको बताएका हुन् ।
उनले भनेका छन् '`मेरो सरकार´,नेपाल सरकार भएकोमा बधाई l कोरोना केन्द्रित मुख्य ६ कुरामा ढुक्क बनाएर `हाम्रो सरकार´ अनुभुती गराउन चुक्यो सम्बोधन ! १,व्यापक परिक्षण २,पर्याप्त स्वास्थ सामग्री ३,पर्याप्त राहत ४,सिमामा अलपत्रलाई प्रवेश ५,ब्यवस्थित क्वारेन्टाइन ६,बिदेशमा अफ्ट्यारोमा रहेकाको उद्दार !'