राप्रपाका अध्यक्ष कमल थापाले नीति तथा कार्यक्रममा उल्लेख भएको नेपालको भूमि फिर्ता लिने प्रतिबद्धता ऐतिहासिक तथा प्रसंशनीय भएको बताएका छन् । नीति तथा कार्यक्रमबारे प्रारम्भिक प्रतिक्रिया दिदै उनले राष्ट्रप्रमुखको तहबाट सरकारको नीति तथा कार्यक्रममा नै पहिलो पटक लिम्पियाधुरा लगायतका अतिक्रमित नेपालको भूमि फिर्ता लिने प्रतिबद्धता ऐतिहासिक तथा प्रसंशनीय भएको बताएका हुन्।
सरकारको यस प्रयासमा राप्रपाको एक्यबद्धता र समर्थन रहने उनले बताएका छन्।
यद्यपि उनले बाँकि नीति तथा कार्यक्रम नारा र आश्वासनले भरिएको अव्यवहारिक दस्तावेज भएको बताएका छन् । उनले यो 'प्राथमिकता अलमलिएको,अनावश्यकरुपले लामो,जनतामा उत्साह जागृतगर्न नसक्ने दस्तावेज' भएको बताएका हुन्। उनले कोभिड-१९को कारण आउने आर्थिक चुनौती सामनागर्न सशक्त नीतिको अभाव देखिएको बताएका छन् ।