सरकारले लकडाउन अवधिको विद्युत महशुलमा छुट दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै छुट योजनाको घोषणा गरेका हुन् ।
जस अनुसार लकडाउन अवधिभर बन्द रहेका उद्योगले डिमान्ड शुल्क छुट पाउने छन् भने माग कम हुने समयमा विद्युतको शुल्क ५० प्रतिशत छुट पाउने छन् ।
त्यस्तै १० युनिटसम्म विद्युत खपत गर्नेले लकडाउन अवधिमा विद्युत महशुल तिर्नु पर्ने छैन भने १५० युनिटसम्म खात गर्नेले महशुलमा २५ प्रतिशत र २५० युनिटसम्म खपत गर्नेले १५ प्रतिशत छुट पाउने छन् ।