आगामी आर्थिक वर्षदेखि पुँजीबजारमा स्टक डिलर संचालन हुने भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै स्टक डिलर संचालनमा ल्याउने बताएका हुन् ।
त्यस्तै उनले पुँजीबजारमा विद्युतीयकारोबारलाई प्रोत्साहित गरिने र धितोपत्र बोर्ड, नेप्से र सिडीएसको संरचनात्मक सुधार गरिने, वस्तु विनिमय बजारको सुरु गर्ने बताएका छन् ।