सरकारले सरकारी कर्मचारीको निशुल्क कोरोना बीमा गर्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री डा. युवराज खतिवडाले सम्पूर्ण स्थायी र करार कर्मचारीको १ लाखको निशुल्क कोरोना बीमा गर्ने घोषणा गरेका हुन् ।
त्यस्तै मन्त्री खतिवडाले सरकारी कर्मचारीको लागि सहुलियत कर्जाको ब्यबस्था गर्ने घोषणा गरेका छन् । यस्तो कर्जा आवास निर्माण तथा सन्ततिको शिक्षाको लागि प्राप्त हुने मन्त्री खतिवडाले बताएका छन् ।