जेठ ३ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2022 | 02:45:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले जेठ ३ गते बजेट अधिवेशन बोलाउनको लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ  । आइतबार बसेको  मन्त्रिपरिषद्को बैठकले संघीय संसद्को बजेट अधिवेशन जेठ ३ गते बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

जेठ ३ गते अपरान्ह ४ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक बस्ने गरी बजेट अधिवेशन बोलाउन सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने र अन्त्य गर्ने संवैधानिक प्रावधान रहेको छ । 

यहि अधिवेशनमा नीति तथा कार्यक्रम र बजेट पेश हुने छ । नीति तथा कार्यक्रम राष्ट्रपतिबाट पेश हुने छ भने बजेट अर्थमन्त्रीबाट पेश हुने छ । जेठ १५ गते बजेट पेश गर्नु पर्ने संवैधानिक ब्यबस्था छ । 

यद्यपि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरिरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved