बजेट चुनाव लक्षित छैनः अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2022 | 04:02:36 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले आफूले चुनाव लक्षित बजेट नल्याएको दाबी गरेका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावका लागि केन्द्रित गरेर आफूले बजेट नल्याएको जिकिर गरेका हुन् । 

‘बजेटमा चुनावी कुरा छैनन्, थोरै बाहेक हिजोकै कुरालाई निरन्तरता दिएको हो’ उनले भने, ‘उत्पादन बढाउनुपर्छ, आत्मनिर्भर हुनुपर्छ भन्नु चुनावी कुरा हो र ?’

उनले सरकारी कर्मचारीको तलब हरेक ३ वर्षमा बढाउने नियम नै भएको भन्दै तलब बढाउनु चुनावी कुरा नभएको बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved