अध्ययन भएरै काठमाडौँ-चितवन यात्रा १ घण्टा कायम गर्ने भनिएको हो : अर्थमन्त्री

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 30, 2022 | 04:28:18 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले हचुवा भरको बजेटमा योजना नराखिएको बताएका छन् ।  आज अर्थ मन्त्रालयमा आयोजित बजेटबारेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले अध्ययन भएरे योजना समावेश गरिएको बताएका हुन् ।

उनले प्रारम्भिक सम्भाव्यता अध्ययन भएरै काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्ने र दुई घण्टामा सगरमाथा क्षेत्रमा पुगी सगरमाथा अवलोकन गर्न सक्ने गरी पूर्वाधार निर्माण गरिने योजना राखिएको बताए । उनले त्यसको मोडालिटी भने लगानी बोर्डले तय गर्ने बताए ।

उनले आइतबार सार्वजनिक गरिएको बजेटमा 'काठमाडौंदेखि चितवनको यात्रा एक घण्टामा गर्ने गरी चन्द्रागिरी-चित्लाङ-पालुङ-चितवन द्रुत मार्ग पहिलो चरणमा निर्माण गर्ने र चितवन-रामपुर-बुटवल, चितवन-रामपुर-पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी बोर्ड नेपाल मार्फत प्रक्रिया अघि बढाइने' उल्लेख छ  ।

त्यस्तै बजेटमा 'सगरमाथा क्षेत्रसम्म जाने हालको मार्गलाई सुधार गर्नुका साथै निजी क्षेत्र मार्फत चतरा-सगरमाथा द्रुत मार्ग निर्माण गरी दुई घण्टामा सगरमाथा क्षेत्रमा पुगी सगरमाथा अवलोकन गर्न सक्ने गरी पूर्वाधार निर्माण गरिने' उल्लेख छ।

मन्त्री शर्माले यी दुवै योजना प्रारम्भिक फिजीबलीटीको आधारमा गरिएको बताए ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved