अर्थमन्त्रीको आक्रोश, ‘स्पञ्ज आइरन ल्याउने उद्योगहरु हेर्न तपाईहरु नै जानुस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2022 | 09:47:30 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री जनार्दन शर्माले संसदको उद्योग समितिका सदस्यहरुलाई स्पञ्ज आइरन ल्याएर बिलेट बनाउने उद्योगहरुको ‘भिजिट’ गर्न चूनौति दिएका छन् ।

उनले नेपालमै बिलेट बनाउने उद्योगलाई स्पञ्ज आइरनको आयातमा भन्सार र अन्तःशुल्क छुट दिईएको भन्दै स्पञ्ज आइरन ल्याएर बिलेट बनाउने उद्योगहरुको अनुगमन गरेर कमजोरी भेट्टाउन उद्योग समितिका सदस्यहरुलाई चूनौति दिएका हुन् । 

‘स्पञ्ज आइरन उद्योगहरू अनुगमन गर्न समितिका सदस्यहरू जानुस्, त्यो भनेको कच्चा पदार्थ हो । के कारणले गलत भो छुट दिनु ?’ अर्थमन्त्रीले भने, ‘यहीँ बिलेट बन्छ भने के गल्ती भो ? नेपालका १५/२० उद्योगहरू चलेका छन्, बिलेट बनेका छन् ।’

उनले निकासीका लागि ८ प्रतिशत अनुदान दिएको पनि बताए । सँगै, नेपालमा विद्युत सस्तो छ भनेर विदेशी लगानी आउँछ भनेर वार्षिक १० करोड सम्मको विद्युत उपभोग गर्नेलाई छुट दिने नीति सही रहेको अर्थमन्त्रीले जिकिर गरे ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved