काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ ।
महानगरले कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको छ । यो कुल बजेटको २० प्रतिशत हो ।
उपमेयर सुनिता डंगोललेले बजेट प्रस्तुत गर्दै महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको बताईन् । यो भनेको कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत हो ।