अर्थमन्त्रीले बनाए विज्ञ सल्लाहकार समुह, राष्ट्र बैंकका डा. भट्ट पनि समेटिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 20, 2023 | 04:02:44 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा.प्रकाश शरण महतले सल्लाहकारको रुपमा विज्ञ समूह गठन गरेका छन्। मन्त्री महतले डा. विश्व पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्ट सम्मिलित विज्ञ समुह गठन गरेका हुन् ।

मन्त्री महतले डा. विश्व पौडेललाई आर्थिक सल्लाहकार नियुक्त गरेका हुन् । डा. विश्व पौडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्याक्ष हुन् । उनी पछिल्लो निर्वाचनमा चितवन १ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा उम्मेदवार समेत थिए । तर उनी  राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका थिए ।

त्यस्तै विज्ञको रुपमा नियुक्त भएका  डा. पाण्डे राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुन्। उनले अर्थशास्त्रमा पीएचडी गरेका हुन् ।

त्यस्तै विज्ञको रुपमा चयन भएका डा. गुणाकर भट्ट नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकको रुपमा कार्यरत छन् । राष्ट्र बैंकको प्रवक्ता समेत रहेका डा. भट्ट हाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved