आइतबारदेखि बजेट अधिवेशन सुरु हुँदै, बजेट आउनु अगाडी संसदमा के के हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 06, 2023 | 11:32:48 AM मा प्रकाशित

laxmi  sunrise bank

बैशाख २४ गते आइतबारबाट संसदको बजेट अधिवेशन सुरु हुँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संघीय संसदको वर्षे अधिवेशन (बजेट अधिवेशन) बैशाख २४ गते अपरान्ह ४ बजेका लागि बोलाएका छन् । गत बुधबारको मन्त्रिपरिषद् बैठकले बजेट अधिवशेन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

बजेट सार्वजनिक हुनु अगाडी अर्थमन्त्रीले बजेटको सिद्दान्त र प्राथमिकता पेश गर्ने छन्  । त्यस्तै राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम पेश हुने छन् । संसदमा प्रि बजेट छलफल समेत हुने छ । बजेट आउनु भन्दा अगाडी अर्थमन्त्रीले आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको अवस्थाबारेको प्रतिवेदन पनि पेश हुने छ। 

 जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक हुनेछ ।राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि १६ खर्ब ८८ अर्बको बजेट सिलिङ तोकेको छ ।  



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved