निजी क्षेत्र आर्थिक वृद्धिको संवाहक, एनआरएन ‘लगानी दूत’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2023 | 06:43:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले निजी क्षेत्रलाई आर्थिक वृद्धिको संवाहकको रूपमा विकास गरिने जनाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै लगानीमैत्री वातावरण सिर्जना गरी आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्न निजी क्षेत्रको भूमिकालाई सवल बनाइने बताएका हुन् । 

‘नीतिगत स्थिरता, व्यवसायमैत्री नीति र प्रक्रिया सरलीकरण गरी स्वदेशी तथा विदेशी लगानी आकर्षित गरिनेछ’ उनले भनेका छन्, ‘वित्तीय क्षेत्रमा कार्यकुशलता अभिवृद्धि गरी पुँजीको सहज उपलब्धता एवम् लागत कम गरिनेछ ।’

अर्थमन्त्री डा. महतले गैर आवासीय नेपालीको सिप, पुँजी र प्रविधिलाई आकर्षित गर्ने र उनीहरूलाई लगानी दूतको रूपमा परिचालन गर्ने नीति लिइने वपन उल्लेख गरेका छन् ।

अनौपचारिक आर्थिक क्रियाकलापलाई औपचारिक क्षेत्रमा आउने वातावरण सिर्जना गर्ने गरी बजेट तर्जुमा गरिने उनको भनाइ छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved