पर्यटन पूर्वाधारमा थप लगानी गर्ने सरकारको योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 07, 2023 | 06:53:18 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पर्यटन क्षेत्रलाई थप विकास र गती दिन प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । आज संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले पर्यटन व्यवसायलाई आय आर्जन, रोजगारी र विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण क्षेत्रको रुपमा विकास गरिने जनाएका हुन् । 

उनले कोराना महामारीपछि पुनर्जागृत हुँदै गरेको पर्यटन क्षेत्रलाई थप गति दिन प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिने जनाएका हुन् ।

पर्यटकलाई सुरक्षित पर्यटकीय सेवा प्रदान गर्ने व्यवस्था मिलाइने र महत्त्वपूर्ण धार्मिक, ऐतिहासिक र सांस्कृतिक स्थलहरूको विकास र अन्तरआबद्धता कायम गरी पर्यटन प्रवर्द्धन गरिने उनको भनाई छ । 

पर्यटन पूर्वाधारमा थप लगानी गरी नयाँ पर्यटकीय गन्तव्यको विकासमार्फत पर्यटन क्षेत्रको विविधीकरण गरिने समेत अर्थमन्त्री डा. महतको भनाई छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved