संसदमा आजदेखि ३ दिनसम्म प्रि बजेट छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2023 | 08:24:22 AM मा प्रकाशित

laxmi  sunrise bank

संसदमा आज सोमबारदेखि प्रि बजेट छलफल हुने भएको छ । आज प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाईएको छ । सभामुख देवराज घिमिरेले प्रि बजेट छलफलको लागि वैशाख २५ देखि वैशाख २७ गतेसम्मको समय छुट्याएका छन् । प्रि बजेट छलफल सकिएपछि सांसदहरुले उठाएका प्रश्नको मन्त्री महतले जवाफ दिने छन् ।

आइतबारको बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभा बैठकमा पेश गरेका थिए। मन्त्री महतले आजको प्रतिनिधिसभाको बैठकमा  आ.व. २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यससंगै आज सोमबार देखि उक्त प्रस्तावमा संसदमा छलफल हुने छ । सो छलफललाई नै प्रि बजेट छलफल भनिन्छ । 

मन्त्री महतले जेठ १५ गते आ.व. २०८०/०८१ को बजेट प्रस्तुत गर्ने छन् ।


यस्तो छ आगामी बजेटको  सिद्धान्त र प्राथमिकताको पूर्णपाठ :


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved