'अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्छ, भ्रष्टाचारका विषयमा फाइल होइन फायर खोल्नुपर्छ: शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2023 | 01:49:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सांसद विश्वप्रकाश शर्माले अबको दशक अर्थतन्त्रको विकासमा लाग्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा भएको छलफलका क्रममा मुलुकको अर्थतन्त्रको विकासका लागि नीतिगत साझा दृष्टिकोण तयार गर्नुपर्ने सुझाव दिए ।

भ्रष्टाचारको विषयमा कुनै पनि हदम्याद राख्न नहुने र भ्रष्टाचारका विषयमा राज्यले फाइल नभई फायर खोल्नुपर्ने उनको भनाइ थियो । “सरकार र नीति क्षेत्रको काम स्पष्टरुपमा बाँडफाँट गरेर काम गर्नुपर्छ”, उनले भने, “ठूला लगानीका आयोजना र विकास निर्माण राज्यले गर्नुपर्छ, अन्य नीति क्षेत्र नेपालमा लगानीमैत्री वातावरण बनाउनुपर्ने जरुरी छ ।”

सांसद शर्माले नेपालको प्रशासनिक काम अझै झन्झटिलो व्यवस्थाको अन्त्य गर्नुपर्ने र सरकारले लहडका भरमा नभई विज्ञहरुको सुझावमा आधारमा प्रतिफल दिने विषयमा मात्र बजेट लगानी गर्न सुझाव दिए ।

पुल बनाउने र सडक बनाउने विषयमा कामलाई तीव्रता दिनुपर्नेमा जोड दिँदै उनले विश्वका सबैभन्दा ठूलो र अर्थतन्त्रमा शक्तिशाली राष्ट्र २०५० सम्म चीन र त्यसपछि भारत शक्तिशाली हुने भनिएको हुँदा नेपालले पनि भिजन ९५ लिएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेपालमा रोजगारीको सिर्जना गर्नुपर्ने खालको बजेट विनियोजना गर्नुपर्नेमा जोड दिँदै उनले विवशताको आँसु बगाउँदै कोही पनि नेपालीमा विदेशमा जानुपर्ने वतावरणको अन्त्य गर्नुपर्ने उनको भनाइ थियो ।   

सांसद शर्माले सत्ता पक्ष र प्रतिपक्ष जो भए पनि कमजोरी र उपलब्धि सबै साझा भएको हुँदा प्रतिकूलतामा बाँचिएको भए पनि अबको हरेक क्षेत्रलाई  समृद्ध बनाएर एकताका साथ अघि बढनुपर्ने सुझाव दिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved