प्रि बजेट छलफल: सांसदहरुले उठाएका प्रश्नमा आज अर्थमन्त्रीले जवाफ दिने कार्यसूची

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2023 | 09:05:19 AM मा प्रकाशित

laxmi  sunrise bank

संसदमा आज बुधबार प्रि बजेट छलफल सकिने भएको छ । प्रतिनिधिसभामा गत सोमबारदेखि प्रि बजेट छलफल सुरु भएको थियो  ।

आज बुधबार पनि बिहान ११ बजे बैठक बोलाईएको छ  । आज सांसदहरुले बोल्ने क्रम सकिने र सांसदहरुले उठाएका प्रश्न माथि आज नै अर्थमन्त्री डा. प्रकाश शरण महतले जवाफ इदने कार्यसूची रहेको छ  । 

 गत आइतबारको बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभा बैठकमा पेश गरेका थिए। मन्त्री महतले आजको प्रतिनिधिसभाको बैठकमा  आ.व. २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यससंगै आज सोमबार देखि उक्त प्रस्तावमा संसदमा छलफल हुने छ । सो छलफललाई नै प्रि बजेट छलफल भनिन्छ । 

मन्त्री महतले जेठ १५ गते आ.व. २०८०/०८१ को बजेट प्रस्तुत गर्ने छन् ।


यस्तो छ आगामी बजेटको  सिद्धान्त र प्राथमिकताको पूर्णपाठ :



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved