कुनै पनि व्यक्ति वा समुहलाई फाइदा हुने गरि करको दर हेरफेर हुन्न : अर्थमन्त्री महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 10, 2023 | 07:01:06 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाश शरण महतले कुनै पनि व्यक्ति वा समुहलाई फाइदा वा बेफाइदा हुने गरि आफुले करको दर हेरफेर नगर्ने बताएका छन् ।  आ.व. २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) माथि छलफल गर्दा सांसदहरुले उठाएका  प्रश्नको जवाफ दिदै उनले यस्तो बताएका हुन् ।

मन्त्री महतले  कुनै पनि व्यक्ति वा समुहलाई फाइदा हुने गरि आफुले करको दर नचलाउने प्रतिवद्द व्यक्त गर्दै यदि कसैलाई त्यस्तो लागेको भए त्यस्ता विषय दिमागबाट हटाईदिन आग्रह गरेका हुन्  । उनले बजेट निर्माण गर्दा कुनै व्यक्ति वा समुह नभई आफ्नो प्राथमिकता अर्थतन्त्रको सुधार नै रहने बताए व उनले देश र जनताको भलो हुने विषय मात्र बजेटमा समावेश हुने बताए  ।

गत आइतबारको बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रतिनिधि सभा बैठकमा पेश गरेका थिए। मन्त्री महतले बैठकमा  आ.व. २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ( कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

सो प्रस्ताव उपर संसदमा ३ दिनसम्म छलफल चलेपछि मन्त्री महतले आज सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका हुन्। मन्त्री महतले जवाफ दिएसंगै संसदमा प्रि बजेट छलफल सकिएको छ  । मन्त्री महतले आगामी जेठ १५ गते आ.व. २०८०/०८१ को बजेट पेश गर्ने छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved