बजेट र नीति कार्यक्रममा केन्द्रित रहेर ३ ठूला दलका नेताबीच छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 11:40:06 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु बजेट र नीति कार्यक्रममा केन्द्रित रहेर छलफलमा बसेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्री दाहाल, विपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रममा केन्द्रित रहेर छलफलमा बसेका हुन् ।

उनीहरुसँगै, तीन वटै दलका प्रमुख सचेतकहरू पनि सहभागी रहेको प्रचण्ड सचिवालयले बताएको छ । उनीहरुबीच अहिले बालुवाटारमा छलफल जारी छ ।

छलफलमा संसदको प्रभावकारिताबारे पनि चर्चा भइरहेको बताइएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved