सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री आफैँले पढेर सुनाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2023 | 04:34:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैँले वाचन गर्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आइनसकेकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री आफैँले संयुक्त संसदमा पढेर सुनाउने भएका हुन् । 

आइतबार बिहान बालुवाटारमा बसेको कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा नीति तथा कार्यक्रम प्रधानमन्त्रीले पढ्ने सहमति भएको हो । 

राष्ट्रपति पौडेलले संक्षिप्त रुपमा नीति तथा कार्यक्रम पढेर सुरु गर्नेछन् । त्यसपछि बाँकी प्रधानमन्त्रीले पढ्ने छन् । 

जेठ ३ गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदैछ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved