निर्यातमा नगद अनुदानलाई व्यवस्थित बनाउने अर्थमन्त्री डा. महतको घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 16, 2023 | 06:54:28 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्यातमा नगद अनुदानलाई थप व्यवस्थित बनाउने बताएका छन् । निर्यातमा नगद अनुदान दिने नीतिलाई थप व्यवस्थित बनाउँदै उर्जा निर्याततका लागि थप बजार खोज्नुपर्ने बताएका हुन् । 

‘उर्जाको प्रचुर सम्भावना छ, निर्यातको बजार पनि खोज्नु पर्छ’ उनले भने, ‘सिमेन्टमा आत्मनिर्भर भएर निर्यात गर्ने अवस्थामा पुगेका छौँ, धेरै लगानी केन्द्रित हुँदा बिकृतिहरु आएका छन्, अब सिमेन्टको सडक बनाएर उद्योग जोगाउन पर्छ, सिमेन्टबाट बनेको सडक बलियो पनि हुने रहेछ ।’

उनले विकासका लागि ‘रकेट साईन्स’ नचाहिने भन्दै प्रविधी प्रयोग गरे मात्रै पनि पुग्ने बताए । अर्थमन्त्री डा. महतले एकैपटक कोहि ठुलो उद्योगी बन्न नसक्ने भन्दै कोही उद्योगी व्यवसायी पनि एकैपटक माथिबाट तल झर्ने अवस्था नआउने दाबी पनि गरेका छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved