३२ क्यामेराले निगरानी गर्दै यसपटकको बजेट, अर्थमन्त्रीकै कोठा अगाडी पनि सीसी क्यामेरा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 03:42:37 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको बजेट ल्याउने बेला गत वर्षको जेठ १४ गते राती तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले पूर्व नायब सुब्बालाई आफ्नो प्रतिनिधि बनाएर मन्त्रालयमा छिराए । 

उनले निश्चित घरानालाई फाइदा पुग्ने गरी करका दरहरु हेरफेर गराएको आरोप छ । उक्त बजेट इतिहासकै आलोचित बन्यो । त्यही घटनाका कारण उनीमाझी कहिल्यै नमेटिने कालो दाग लागेको छ । त्यही घटनाले उनले मन्त्रीपद नै गुमाउनुपरेको थियो । त्यहीँ भएर अहिले आर्थिक वर्ष २०८०/०८१ को बजेट लेखन कार्य अहिले जारी रहँदा अर्थ मन्त्रालयमा सीसी टीभीको अवस्था कस्तो छ भन्ने व्यापक चासो छ । 

यस विषयमा हामीले अर्थका अधिकारीहरुसँग चासो राख्यौँ । अधिकारीहरु त्यस विषयमा निक्कै चनाखो रहेको पाइयो । उनले अहिले अर्थ मन्त्रालयमा बाहिर र भित्र गरी ३२ वटा क्यामेरा जडान गरेको जवाफ दिए ।

‘भित्र र बाहिर गरेर ३२ वटा सीसी क्यामेरा छन्, यी सीसी टीभी क्यामेराले क्याप्चर गर्ने दृश्य कम्तीमा ३ महिनासम्म स्टोरेजमै रहन्छन्, डिलिट हुँदैनन्’ अर्थका एक अधिकारीले बिजपाटीसँग भने, ‘केही केही क्यामेराले खिचेका दृश्य ६ महिनासम्म पनि रहने व्यवस्था छ । अहिले बजेट लेख्ने कोठामा छुट्टै छ, सबैतिर छरेर राखिएको हुनाले कुनै न कुनै ठाउँबाट क्याप्चर हुन्छ, सबै क्यामेरा अहिले चालू छन् ।’

अर्थमन्त्रीको कोठा प्रवेश गर्ने अगाडीको प्रतिक्षा कक्षलगायत सबैतिर सीसी क्यामेरा जडान गरिएको अर्थ स्रोतले बताएको छ । ‘अनाधिकृत मान्छे प्रवेश गर्ने भन्ने हुँदैन, पोहोर त्यस्तो इन्सिडेन्ट भयो भन्ने आयो, अहिले त्यस्तो विवाद आउन नदिन सबै सुरक्षाका प्रवन्ध मिलाइएको छ’ ती अधिकारीले भने ।

अर्थ मन्त्रालयले सीसी टिभी फुटेजको क्षमता बढाएर ९० दिनसम्मका फुटेज स्टोरेज हुने बनाएको छ । मन्त्रालय परिसरमा जडान गरिएका सीसी टिभी क्यामेराको दृश्य सञ्चित क्षमता विगतमा बढाइए पनि अहिले बजेटको बेला भएकाले बढी चर्चा भएको र ठीक अवस्थामा छन् की छैनन् भनेर हेर्ने काम गरिएको अर्थका अधिकारीहरुले बताएका छन् ।

'कम्तीमा ९० दिनसम्म स्टोरेज हुने बनाइएको हो, गतसाल त्यस्तो भएको हुनाले अहिले सबैको चासो छ, पत्रकारहरुले पनि यसबारे सोध्न थाल्नुभएको छ, त्यसैले ठिक छन् की छैनन् भनेर हेर्ने काम गरिएको छ, सबै ३२ वटै सीसी क्यामेराहरु राम्रोसँग चलिरहेका छन्’ ती अधिकारीले थपे ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved