नीति कार्यक्रममा पूँजीबजारः संरचनागत सुधारको पूरानै रटान, विदेश गएकालाई ऋणपत्र बिक्रि गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 04:40:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पूँजीबजार सुधारका लागि संरचनागत सुधार गर्ने घोषणा दोहोर्याएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि उल्लेख भएको संरचनागत सुधारको विषय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि समावेश गरेको हो । 

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूँजीबजार सुधारका लागि संरचनागत सुधार गरिने जनाएका हुन् ।

उनले गैरआवासीय नेपालीलाई नेपालको पूँजीबजारमा लगानी खुला गरिने नीतिगत व्यवस्था गरिने पनि जनाएका छन् । 

सँगै, राष्ट्रपति पौडेलले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरुलाई सरकारी ऋणपत्र खरिदमा प्रोत्साहन गरिने पनि जनाएका छन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved