सरकारी कार्यालयले अब विद्युतीय गाडी मात्रै किन्नुपर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 05:04:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बिजुली गाडीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिने घोषणा गरेको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कार्यालयहरुले गाडी किन्नुपर्दा विद्युतीय गाडी मात्रै किन्नुपर्ने नीतिगत व्यवस्था मिलाईने बताएका हुन् । 

उनले प्रमुख शहरहरुमा सार्वजनिक यातायातमा पनि बिजुली बसहरु नै प्रयोग गर्ने गरी नीतिगत र पूर्वाधार सुधार गरिने घोषणा गरेका हुन् । 

डिजेल र पेट्रोलबाट चल्ने सार्वजनिक बसहरुलाई क्रमशः बिजुलीबाट चल्ने गरी इलेक्ट्रिक सवारीमा ‘कन्भर्ट’ गरिने व्यवस्था मिलाउने पनि राष्ट्रपति पौडेलको घोषणा छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved