स्टार्टअपलाई बीउ पूँजी, हिमालको पानी विश्वबजारमा ब्रान्डिङ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 19, 2023 | 06:26:39 PM मा प्रकाशित

laxmi  sunrise bank

‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियानसहित स्वदेशी उत्पादनलाई प्रवर्द्धन र उपभोगकोे नीति सरकारले लिएको छ ।

आज संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रमले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई बीउ पूँजी उपलब्ध गराउने र नेपालमा उत्पादित केही वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने योजना सार्वजनिक गरेको छ ।

“लगानीयोग्य पूँजीको अभावमा उद्यमशीलता निरुत्साहित हुने अवस्थाको अन्त्य गरिनेछ । रोजगारीका लागि व्यावसायिक तालिम उपलब्ध गराउने र सुरुआती व्यवसाय गर्न आवश्यक पर्ने बीउ पूँजी सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध गराइनेछ”, वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ, “स्वदेशी वस्तुको उत्पादन र उपयोग वृद्धिका लागि मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग पु¥याइनेछ । यी अभियानअन्तर्गत हिमालको पानी प्रशोधनसहित व्यावसायिक उत्पादन र तिलगङ्गा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्वबजारमा ब्रान्डिङ गरिनेछ ।”

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved