
सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड रुपेयाँ विनियोजन गरेको छ । संघीय संसदमा पेश भएको बजेटमा अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि यो रकम विनियोजन गरेका हुन् ।
सरकारले कृषि क्षेत्रको आधुनिकीरण र व्यवसायीककरणका कार्यक्रमलाई प्रोत्साहन गर्ने नीति लिएको अर्थमन्त्री महतले बताए । यस्तै, सरकारले आगामी आर्थिक वर्षदेखि सिक्दै कमाउँदै कार्यक्रमलाई प्रोत्साहन गर्ने समेत बताएको छ।
‘उत्पादन साथमा, अनुदान हातमा’ भन्ने नाराका साथ कृषि अनुदानलाई उत्पादनमा आधारित बनाइने उनले बताए ।