हाम्रो आन्तरिक उत्पादन फस्टाओस् भनेर आलु प्याजमा भ्याट लगाईएको हो : अर्थमन्त्री महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2023 | 01:47:35 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाश शरण महतले आलु प्याजमा भ्याट लगाईएको विषयको बचाउ गरेका छन् । आज प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिदै मन्त्री महतले हाम्रो आन्तरिक उत्पादन फस्टाओस् भनेर आलु प्याजमा भ्याट लगाईएको बताए। 

नेपालका उद्योग व्यवसायलाई प्रोटेक्सन गर्न, संरक्षण गर्न यो व्यवस्था गरिएको उनले बताए । हामीले सामान्य खाने आलु प्याज पनि विदेशबाट आयात गर्नु परेको भन्दै सांसदहरुले नै बहस गर्ने गरेकोले देश मै आन्तरिक उत्पादन होस् भनेर भ्याट लगाएको उनले बताए। उद्योग व्यवसाय पनि फस्टाओस्, आयातको परनिर्भरता घट्दै जाओस् , र राजश्वको दायरा फराकिलो बनाउन उपभोग्य वस्तुमा भ्याट लगाएको उनले बताए। 

आफ्नै दाइ डा. राम शरण महतले नेपालमा भ्याट प्रणाली सुरु गरेको र त्यस बेला पनि भ्याटको ब्यापक विरोध भएको उनले स्मरण गरे । तर यो वैज्ञानिक कर प्रणाली भएकोले यसलाई लागु नै गर्नु पर्ने भन्दै त्यसबेला भ्याटलाई कार्यन्वयनमा लागिएको उनले बताए ।

तर बजेट विस्त्रै भ्याट लाग्ने वस्तुलाई कटौती गर्दै गएकोले राजस्व घट्दै गएको उनले बताए । सोहि कारण करको दायरालाई बढाउनु पर्ने उनले उल्लेख गरेका छन्। यद्यपि उनले कागती निचोरे जस्तो गरेर राजश्वक  दायरा नबढाउने बताउदै उनले अर्थतन्त्र पनि चल्ने र व्यवसाय पनि प्रभावित नहुने गरि दायरा बढाउने उनले उल्लेख गरे  ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved