
फाइल फोटो
आज देश भरीका स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछन् ।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र स्थानीय तहहरुले आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सार्वजनिक गर्नुपर्नेछ प्रावधान अनुसार आज देशभरकिा स्थानीय तहहरुले बजेट सार्वजनिक गर्न लागेका हुन् ।
अहिलेसम्म १० वटा स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् । कोशी प्रदेशका २, मधेश प्रदेशका १, बागमती प्रदेशका १, गण्डकी प्रदेशका ४ र सुदूरपश्चिम प्रदेशमा २ स्थानीय तहले बजेट सार्वजनिक गरिसकेका छन् ।
असार मसान्तसम्म सम्बन्धित गाउँ वा नगरसभाबाट बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।