मन्थली नगरपालिकाको बजेट १ अर्ब ४ करोड, किसानले पाउने अनुदानमा वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 26, 2023 | 11:20:30 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आइतबार नीति, कार्यक्रम र बजेट सार्वजनिक गरिएको हो ।

बजेटमा पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, कृषि तथा पशुपालन र रोजगारीलाई प्राथमिकतामा राखिएको छ । नगरप्रमुख लव श्रेष्ठले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ‘एक वडा एक उत्पादन’को नीति अनुरूप पकेट बालीहरू मार्फत व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने, दूध बिक्री बापत किसानले पाउँदै आएको प्रति लिटर २रुपैँया अनुदानलाई बढाएर २ रुपैँया ५० पैसा पुर्‍याउने उल्लेख छ । 

त्यस्तै, नगरका प्रमुख सार्वजनिक स्थानहरूमा निःशुल्क इन्टरनेटको व्यवस्था गर्ने लगायतका विषय पनि समावेश छन् । 

‘नगर–वडा साझेदारी विकास निर्माणमा बराबरी’को नीति अनुसार ५०–५० प्रतिशतमा वडाबाट प्रस्ताव गरेका एक वडा बराबर एउटा ठुलो आयोजनालाई १५ लाख बजेट थप गरी कार्यान्वयन गरिने पनि नीति कार्यक्रममा समावेश छ । 

नगरसभामा उपप्रमुख ईश्वरी बस्नेतले १ अर्ब ४ करोड ५४ लाख ९२ हजार रुपैँयाको बजेट प्रस्तुत गरेकी छिन् । विनियोजित बजेटमध्ये चालुतर्फ ४५ करोड ९३ लाख ९२ हजार र पुँजीगत तर्फ ५८ करोड ६१ लाख रुपैँया रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved