ह्विपको सहारामा बजेट पारित गर्दै माओवादी र कांग्रेस, खेर गयो १२२ घण्टा र ३ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2023 | 08:12:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आज संसदबाट विनियोजन विधेयक, २०८० (बजेट) पास गराउने तयारी गरेको छ । आज बिहान ११ बजेको लागि प्रतिनिधिसभा बैठक बोलाईएको छ । आज बैठकमा सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम छ ।

त्यसपछि  विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमा सांसदहरुबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गरिएन छ। त्यसपछि विनियोजन विधेयक, २०८० का दफाहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने र अर्थमन्त्री डा. प्रकाश  शरण महतले विनियोजन विधेयक, २०८० लाई पारित गरियोस भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहको छ ।

गत जेठ १५ गते अर्थमन्त्री महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । सत्तापक्ष भित्र नै बजेट संशोधन गर्नु पर्ने माग उठे पनि सरकारले बिना संशोधन बजेट पास गर्ने तयारी गरेको हो  । कांग्रेस र माओवादीले बजेटको पक्षमा मत दिन ह्वीप जारी गरिसकेका छन् ।

सत्ता साझेदार कांग्रेस र माओवादीले ह्विप नै जारी गरेर आगामी आर्थिक वर्षको बजेट पारित गर्ने भएपछि संसदमा बजेटलाई लिएर बिभिन्न बिषयमा सांसदहरुले गरेको १२२ घण्टाको छलफल खेर गएको छ भने छलफलमा उपस्थित हुँदा सांसदले प्राप्त गरेको करिब ३ करोड रुपैयाँ बराबरको भत्ता राज्यको लागी भार बनेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved