पारित भयो सरकारले ऋण उठाउन सक्ने विधेयक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 02, 2023 | 05:29:47 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा बाट राष्ट्र ऋण उठाउने  विधेयक, २०८० पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकले बहुमतले राष्ट्र ऋण उठाउने विधेयक, २०८० हुबहु पारित गरेको हो। त्यस अघि विधेयकमा परेका सबै संशोधनहरु बहुमतले अस्वीकृत भएको थियो ।   

बैठकमा अर्थ मन्त्री डा. प्रकाश शरण महतले  “राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई पारित गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए। आजको बैठकले आर्थिक विधेयक २०८० पनि बहुमतले पारित गरेको छ । 

प्रतिनिधिसभाले पारित गरेको उक्त विधेयक अब राष्ट्रिय सभामा जाने छ ।  राष्ट्रिय सभाबाट विधेयक पारित भएपछि राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रुपमा उक्त कानुन कार्यान्वयनमा आउने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved