बजेटसम्बन्धी विधेयक प्रमाणित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 14, 2023 | 08:10:51 PM मा प्रकाशित

laxmi  sunrise bank

सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका आगामी आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक आज प्रमाणित गरेका छन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम सभामुखले प्रतिनिधिसभाले संशोधनबिना पारित गरेको र राष्ट्रियसभाले सुझावबिना फिर्ता पठाउने गरी पारित गरेका विनियोजन विधेयक, २०८०, आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रमाणित गरेका छन् ।

संसद्का दुवै सदनले पारित गरेका विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कार्यान्वयनमा जानेछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved