बजेट कार्यान्वयनको प्रभावकारी योजना बनाउन मुख्यसचिवको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 17, 2023 | 02:55:25 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्यालले आर्थिक वर्ष २०८०÷८१ को बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयन र योजना तर्जुमामा प्रभावकारीरुपमा कार्य गर्न आज विभिन्न मन्त्रालय र निकायका सचिवहरुलाई निर्देशन दिएका छन् ।

नयाँ आर्थिक वर्षको पहिलो दिन सिंहदरबारमा भएको बैठकमा मुख्यसचिव अर्यालले बजेट र नीति तथा कार्यक्रमअनुसार योजना तर्जुमा र तिनको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा कुनै कमी नगर्न निर्देशन दिएका हुन् । बैठकमा सहभागी एक सचिवका अनुसार सरकारले लिएका ‘माइलस्टोन’लाई पूरा गर्न आवश्यक योजना तय गरी बेरुजु फट्र्याैटमा ध्यान दिन छलफल भएको छ । 

यसैगरी निजामती प्रशासनलाई विश्वसनीय बनाउने सवालमा बैठकमा हाल देखिएका कतिपय समस्याका विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved