आज बजेटको अर्ध वार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 10:09:38 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले आज चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्थवार्षिक समीक्षा सार्वजनिक गर्ने भएको छ। मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रम आज दिउँसो ३ः३० बजेको लागि तय गरेको छ।

अर्थ मन्त्री डा. प्रकाश शरणले महतले गत जेठ १५ गते चालु आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएका थिए।  कुल १७ खर्ब ५१ अर्ब बजेट तय गरिएकोमा ११ खर्ब ४१ अर्ब ७८ करोड साधारण तथा प्रशासनिक खर्चको लागि छुट्याईएको थियो । पूँजीगत खर्चको लागि  ३ खर्ब २ अर्ब ७ करोड छुट्याईएको थियो । त्यस्तै वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड बजेट छुट्याईएको थियो । 

१७ खर्ब ५१ अर्ब कुल बजेटमध्ये सरकारले आगामी आर्थिक वर्ष राजश्वबाट १२ खर्ब ४८ अर्ब उठाउने लक्ष्य लिएको थियो भने वैदेशिक अनुदान बापत ३९ अर्ब आउने लक्ष्य राखेको थियो। त्यस्तै राजश्व र बैदेशिक अनुदानबाट पनि अपुग भएको ४ खर्ब ५२ अर्ब रुपैयाँ वैदेशिक र आन्तरिक ऋण मार्फत उठाउने योजना मन्त्री महतले पेश गरेका थिए । वैदेशिक ऋणमार्फत २ खर्ब १२ अर्ब र अपुग २ खर्ब ४० अर्ब आन्तरिक ऋणमार्फत पूर्ति गरिने उल्लेख थियो।

हाल पुंजीगत खर्च एकदमै न्यून रहेको अवस्थामा सरकारले बजेट समीक्षा मार्फत बजेटको आकार तथा अन्य शिर्षकको बजेट घटाउने अनुमान गरिएको छ। यस अघि पनि समीक्षा मार्फत बजेटको आकार घटाउने गरिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved